काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश तानाशाह बनेको आरोप लगाएका छन् ।
मंगलवार संसद विघटनविरुद्ध प्रचण्ड(नेपाल समूहले गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीले एक वर्षदेखि पार्टी फुटाउन र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको समेत आरोप लगाए ।
०४६ को जनआन्दोलनको तयारीका क्रममा मदन भण्डारीले भनेको एक भाग सुनाउँदै उनले भने, ‘मैले पनि आज के सोचेको छु भने यदि संविधानमाथि भएको निर्मम प्रहारलाई सच्याउने कोशिस गरिएन भने यो भत्केउरो मात्र सावित हुनेछ । भोलि त आँधी हुरी आउनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया