केपी ओलीको सिद्धान्त बयलगाढाको सिद्धान्त हो भन्ने मलाई पहिल्यै थाहा थियो : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी रहेको आरोप लगाएका छन् ।

मंगलवार संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले गरेको विरोध सभालाई सम्बोधन गर्दै त्यस्तो आरोप लगाएका हुन् ।

कमरेड केपी ओली गणतन्त्रबादी आन्दोलनको पक्षमा हुनुहुन्थेन । मलाई थाहा थियो उहाँको सिद्धान्त बयलगाढाको सिद्धान्त हो । आम जनतालाई थाहा थियो उहाँको सिद्धान्त माक्सवाद, लेलिनवाद र गणतन्त्रको सिद्धान्त होइन । उहाँको बयलगाढावाला सिद्धान्त, बयलगाढा चढेर अमेरिका जाने भन्ने सिद्धान्त मलाई थाहा थियो ।” उनले विरोध सभालाई सम्बोधन गर्दै भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले संविधानमा नभएको कुरा ल्याएर संसद विघटन गरी कलंकको टिका लगाएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?