एनएसिजिको चौँथो साधारण सभा सम्पन्न, अध्यक्षमा बेनुमाया गुरुङ चयन

काठमाडौं । एशियाली राष्ट्रहरुमा बाल हिंसाविरुद्ध क्रियाशिल राष्ट्रिय कार्य समन्वय समूह (एन.ए.सि.जि.) नेपालको चौंथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

सो अधिवेशनले आगामी दुई वर्षका लागि अध्यक्षमा एट्वीनकी बेनुमाया गुरुङलाई चयन गरेको छ । त्यस्तै, सह–अध्यक्षमा कन्सोर्टियम नेपालका किरण थापा चयन भएका छन् ।

त्यस्तै अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । भने समितिको संयोजक बालअधिकार अभियान्ता कृष्ण सुवेदीलाई चयन गरेको छ ।

त्यस्तै सभाले बाल अधिकारसँग सम्बन्धित आठ वटा संजालहरुलाई सदस्यता समेत प्रदान गरेको छ । हाल एन.ए.सि.जि नेपालमा १७ वटा सदस्य संजालहरु रहेका छन् । सो कार्यक्रममा बाल अधिकारसँग सम्बन्धित संजालका प्रतिनिधिहरु तथा बाल अधिकार अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?