सोमवार जन्म हुने व्यक्ति कस्ता हुन्छन् ? अद्भूत गुण र आनीबानी जान्नुहोस्

लोकपथ
0
Shares

काठमाडौं – मानिसको सोचाई विचार, धारणा बानीव्यहोरा, आनीबानी उसको जन्मबाट नै विकास हुँदै जान्छ ।

ज्योतिषहरु भन्छन्, ‘मानिस जन्मेको दिन बार साईत गते मिति, पल र निमेषले पनि उसको भविष्य कोरिएको हुन्छ । ज्योतिष विज्ञानले पनि यिनै कुराहरुमा टेकेर भविष्यवाणी गर्न सक्दछ ।’ यसैबीच यहाँ सोमबार जन्मिएका वा जन्मिने मानिसका १० विशेषताका बारेमा विभिन्न सञ्चारमाध्यम, एजेन्सी र ज्योतिष विज्ञानले भनेका भविष्यवाणिमा आधारित रहेर केहि सामाग्री तयार पारेका छौँ ।

१. सोमबार जन्मेका व्यक्तिहरुको पहिलो गुण भनेको स्मरण शक्तिमा तेज हो । यिनीहरुको स्मरणशक्ति बलियो हुन्छ ।
२. यिनीहरु मृदुभाषी हुन्छन् । तर धेरै ‘रिजर्भ’ स्वभावका हुन्छन् ।
३. निकै संवेदनशील र चाँडै नर्भस हुने, चित्त दुखाउने हुन्छन्।
४. सोमबार जन्म लिने व्यक्ति आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो मान्छन्।

५. यिनीहरु आफूसँग जोडिएका सम्बन्धमा निकै महत्व राख्छन्।

६. यिनीहरु पढाईमा तिक्ष्ण हुन्छ र आफ्नो करियरमा निकै प्रगति गर्ने खालका हुन्छन्।

७. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने तर लोभी स्वभावका हुन्छन्।

८. सोमबार जन्म लिने व्यक्ति सौन्दर्यमा निकै ध्यान दिने प्रवत्तिको हुन्छन्। र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

९. सोमबार जन्म लिने व्यक्ति सबैलाई सम्मान गर्ने तर केहि हदसम्म रिसाउने, कुरा नबुझ्ने स्वभावका हुन्छन् ।

१०. यिनीहरु ‘टार्गेट सेट’ गरेपछि पूरा गर्न लालायित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?