राजनीतिक घटनाक्रमले बैंकिङ्ग विस्तारमा समस्या : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग क्षेत्रको विकास तथा विस्तारमा राजनैतिक घटनाक्रमले समस्या पारेको बताएका छन् ।

गभर्नर अधिकारीले नेपाल बैंकर्स संघको बार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् । साथै यस्तो जटिल परिस्थितिमा सम्यमतापूर्वक काम गर्न बैंकर्सलाई निर्देशन समेत दिएका छन् । ‘राज्यले लिएको नीतिमा पछिल्ला राजनैतिक घटनाले विकासको प्रक्रियामा असर पार्न सक्छ, त्यसैले बैंकिङ्ग क्षेत्रले पनि फरक किसिमले काम गर्नुपर्छ ।’ गभर्नर अधिकारीले भने ।

त्यस्तै असहज परिस्थितीमा राज्यले लिएको नीति तथा राष्ट्र बैंकले दिएको सहुलियतलाई गलत भावले बैंकर्स तथा सरोकारवालाहरुले बुझेको गुनासो उनले गरेका छन् ।

उनले कोरोनाले थलिएको अर्थतन्त्रलाई पुनर्उत्थान गर्न राष्ट्र बैंकले लिएको करेक्टिभ एक्सनलाई गलत तरिकाले नबुझ्न समेत आग्रह छन् ।

त्यसैगरी, गभर्नर अधिकारीले कोरोनाका बेला विश्वको अर्थतन्त्रमा धेरै प्रभाव पारेको भएपनि नेपालले पनि केही क्षेत्र बाहेक अर्थतन्त्रमा सुधार गर्दै जाने उनको धारण छ । साथै उनले बैंकहरुलाई मर्जरमा जान आश्यक तयारी गर्न समेत सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?