काठमाडौं । अंजिक्य रहाणेको कप्तानीमा भारतीय टीमले अष्ट्रेलियालाई दोश्रो टेस्टमा आठ विकेटले हराएको छ । चार म्याचको टेस्ट सीरीज अब ११ को बराबरीमा छ ।
यो जितसँगै कप्तान रहाणेले रेकर्ड बनाएका छन् । उनले तीन टेस्टमा कप्तानी गरेर तीन वटैमा जित निकालेका छन् । यस्तो गर्ने उनी दोश्रो भारतीय कप्तान बनेका छन् ।
उनले पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको रेकर्डसँग बराबरी गरेका छन् । पहिला यो रेकर्ड धोनीको नाममा थियो । धोनीले पनि शुरुवाती तनि म्याचमा जित दिलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया