कर्नाटक विधान परिषद्का डिप्टी स्पिकरको शव फेला, सदनमा भएको घटनाबाट दुखी थिए

काठमाडौं । कर्नाटक विधान परिषद्का डिप्टी स्पीकर र जेडीएस नेता एस एल धर्मेगौडा (६४) को शव फेला परेको छ । मंगलवार चिकमगलूरको कडूरमा रेल्वे ट्र्याकमा उनको शव फेला परेको हो ।

उनको साथमा सुसाइड नोटसमेत भेटिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको आत्महत्याको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

पुलिसले सुसाइड एंगलको जाँच गरिरहेको बताइएको छ ।

उनी १५ डिसेम्बरमा कर्नाटक विधान परिषद्मा भाजपा जेडीएस र कांग्रेसका सदस्यहरुको बीचमा मुक्कामुक्की भएको थियो ।

यो घटनाबाट उनी हैरान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?