मंगलबार जन्मने व्यक्ति कस्ता हुन्छन् ? जान्नुहोस् आनीबानी र स्वभाव !

लोकपथ
65
Shares

काठमाडौं – तपाईको जन्मबार कुन हो ? नेपाली समाजमा यो विश्वास गरिन्छ कि मानिस जन्मेको महिना, गते, बार र समय अझ समयमा पनि (पल /निमेष )ले समेत जीवनमा प्रभाव पार्ने गर्दछ । ज्योतिषीय शास्त्रका अनुसार यसको असर जीवन र व्यक्तित्वमाथि पनि हुने गर्दछ ।

कहिलेकाहिँ हामी समाचारहरुमा सुन्छौँ – मानिसहरु चिकित्सकको सल्लाहमा यो दिन वा त्यो दिन भनेर बच्चा जन्माउँछन् ।

विभिन्न सञ्चारमाध्यम एजेन्सीको आधारमा मंगलबार जन्मेका व्यक्तिहरुको गुणहरु यहाँ प्रस्तुत गरिएको छ ।

पहिलो कुरा त मंगल ग्रह एक आक्रामक ग्रह हो। त्यसैले, यस दिन जन्मेका मानिसहरु लडाकु स्वभावका हुन्छन् । दृढ संकल्प र नेतृत्व र सफल हुने इच्छा यिनमा हुन्छ । साहसी, उत्साहित र राम्रोसँग प्रेरित हुने गुण हुन्छ यिनीहरुमा यद्यपि यिनीहरुले अन्य भन्दा अलि बढी शत्रु कमाउँछन् ।

१. यसदिन जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र सक्रिय जीवन जिउने हुन्छन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै उठ्छ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगाकपडा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हासिल गर्ने गर्दछन् ।
७. यिनिहरु त्यति समाजसँग घुलमिल हुँदैनन् । त्यसैले त्यति सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन दुखाउने बानी यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
१३.यिनिहरुमा अत्याधिक ऊर्जा हुन्छ । चुनौति र अवरोधहरूले तिनीहरूलाई कहिल्यै रोकदैन । यिनीहरु विभिन्न आत्मउत्तेजक कार्यहरूमा पनि संलग्नता राख्दछन्
१४. यिनीहरु ध्यानको लागि पनि जागरुक हुनसक्छन् ।
१५. एकपटकमा दुई काम ताक्ने यिनीहरुको नराम्रो बानी हो ।
१६. यिनीहरु विभिन्न प्रतिबद्धताहरू बीचमै बदल्ने स्वभावका हुन्छन् । यो बानी सबै हदमा राम्रो होईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?