अश्विनले मुरलीधरको रेकर्ड तोडे

काठमाडौं । भारतले अष्ट्रेलियाविरुद्ध मेलबर्नमा भएको दोश्रो टेस्ट ८ विकेटले जितेको छ ।

यसका साथै सीरीजमा ११ को बराबरी भएको छ । यसमा जित हासिल गर्नको लागि रविचन्द्रन अश्विनले महत्वपूर्ण भुमिका निभाए ।

अश्विनले म्याचको चौथो दिन अष्ट्रेलियाली ब्याट्सम्यान जोश हेजलवुडलाई आउट गरे ।

जसपछि श्रीलंकाका महान स्पिनर मुथैया मुरलीधरको रेकर्ड तोडेका छन् ।

अश्विनले टेस्ट रेकर्डमा १९२ औँ पटक बायाँ हाते ब्याट्सम्यानलाई आउट गरेका छन् ।

यो भन्दा पहिला यो रेकर्ड मुरलीधरको नाममा थियो । उनले १९१ पटक बायाँ हाते ब्याट्सम्यानलाई आउट गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?