काठमाडौं । बेलायतसमेत विश्वका १६ वटा देशमा कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । मंगलवार भारतमा पनि कोरोनाको नयाँ स्ट्रेन पाइएको भारत सरकारले जानकारी दिएको छ ।
नयाँ स्ट्रेनको कोरोना भाइरसका पहिलेको तुलनामा धेरै संक्रामक रहेको बताइएको छ ।
भारतमा ६ जनामा कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको हो ।
यो स्ट्रेन ७० प्रतिशत भन्दा धेरै संक्रामक रहेको छ ।
बेलायतबाट भारत फर्किएकाहरुमा कोरोनाको नयाँ स्ट्रेन देखिएको बताइएको छ ।
जसका कारण भारतले यूरोपेली देशको उडानमा अस्थाइ रोक लगाएको छ । २५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्ममा बेलायतबाट भारत जानेको संख्या ३३ हजार भन्दा धेरै रहेको छ ।
यसमा ११४ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया