चीनमा कोरोनाको रिपोर्टिङ गर्ने पत्रकारलाई ४ वर्षको जेल

काठमाडौं । सोमवार चीनको एक कोर्टले कोरोना भाइरसको रिपोर्टिङ गर्ने एक महिला पत्रकारलाई ४ वर्षको जेल सजाय सुनाएको छ ।

पत्रकार झांग झानलाई अदालतले यस्तो सजाय सुनाएको हो ।

झांगले वुहानको बारेमा सरकारले भनेको भन्दा फरक राय प्रश्तुत गरेकी थिइन् । झांगसहित अन्य ४ पत्रकार केहि महिना पहिला आनक वुहानबाट बेपत्ता भएका थिए ।

दुई पत्रकार चेन क्विशी र लि जेहुआलाई पछि छोडिएको थियो । एक पत्रकार भने अझै गायब छन् । उनले कोर्टमा कारबाहीको फैसलाका बेला पनि नागरिकको आवाज दबाउन पाइदैन भन्ने धाराण व्यक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?