वेडिङ एनिभर्सरी मनाउन परिवारसँग जंगल गए आमिर खान

काठमाडौं । आमिर खान र किरण रावले २८ डिसेम्बरमा आफ्नो १५ औँ वेडिङ एनिभर्सरी मनाएका छन् । उनीहरुले २८ डिसेम्बर २००५ मा विवाह गरेका थिए ।

यो दिनलाई विशेष बनाउन उनी आफ्नो परिवारसँग जंगल गएका हुन् ।

जहाँ उनी ३ दिन सेलिब्रेशन गरिरहेका छन् । उनीसँग छोरा आजाद, भतिजा इमरान खान, भान्जी इमारा खान पनि रहेका छन् । सोसल मिडियामा उनीहरुको भिडियो अहिले भाइरल बनिरहेको छ ।

किरण राव आमिरकी दोश्रो श्रीमती हुन् । उनकी पहिलो श्रीमती रिना दत्ता हुन् । २००२ मा रिनासँग आमिरको सम्बन्ध बिच्छेद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?