गोस्वामीले दुई वटा च्यानलको रेटिङ बढाउन लाखौँ रुपैयाँ घुस ख्वाएको पुलिसको दाबी

काठमाडौं । टेलिभिजन रेटिङ प्वाइन्ट (टीआरपी) घोटालामा मुम्बई पुलिसले मेट्रोपोलिशन मजिस्ट्रेट कोर्टमा नयाँ दाबी गरेको छ ।

पुलिसले रिपब्लिक टिभीका एडिटर इन चीफ अर्णव गोस्वामीले आफ्ना दुई च्यानलको रेटिङ बढाउनको लागि ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिलका पूर्व सिईओलाई लाखौँ रुपैयाँ घुस ख्वाएको बताएको हो ।

पहिलो पटक टीआरपी घोटालामा पुलिसले उनको नाम लिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यो भन्दा पहिला लिस्टमा उनको नाम थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?