काठमाडौं – जापान लगायत विश्वका ३६ देशमा सफल भइरहेको अर्ग्यानिक कृषि मलतर्फ नेपालको पनि चासो बढ्दै गएको छ।
जापानी कृषि वैज्ञानिक हासिमोतोको यो प्रबिधिमार्फत् ठिमी नगरपालिकामा विगत ३ बर्ष पहिलेदेखि सञ्चालित रिकिशी कम्पोस्ट प्रा.लि.ले गर्दै आएको कार्यबाट स्वयम् हासिमोतो पनि सन्तुष्ट छन् ।

नेपालका विभिन्न भागमा माग भइरहेको र विभिन्न ठाँउमा विस्तार हुँदै गएको यो फोहोरबाट मल बनाउने प्रविधि र कार्यको जानकारी बाहिरबाट आएको एक समूहलाई रिकिसी कम्पोस्ट प्रा.लि. निर्देशक उषाले जानकारी दिइन् ।

कार्यक्रमकाबीच जापान गई सो प्रबिधिको अध्ययन अवलोकन गरेर फर्किएका प्रा.डा. रामप्रसाद दाहालले यो विधि सरल उपयोगी भएको र नेपालको सन्दर्भमा बढी सान्दर्भिक रहेको प्रतिक्रिया दिए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया