डा. बाबुराम भट्टराईको टिप्पणी : श्रीमान खिरारेको आदेश किन नपढेको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात रुपमा संसद विघटन गरेसँगै देशमा राजनीतिक अन्यौलता छाएको छ । ५ वर्ष सरकारको नेतृत्व गर्न जनताबाट निर्वाचित प्रधानमन्त्रीले समयअगावै संविधान विपरित संसद विघटन गर्नुलाई सत्तारुढ पार्टी र प्रतिपक्ष साथै सर्वसाधारणले त्यसको विरोध गरिरहेका छन् ।

कतिपय विश्लेषकहरुले यसलाई यसअघि भएका राजनीतिक कू को संज्ञा दिएका छन् । त्यस्तै संविधानविद्हरुले ओलीको असंवैधानिक कदम भएको ठहर गर्दै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने मत जाहेर गरिरहेका छन् ।

यसैक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादीका नेता डा बाबुराम भट्टराईले संसद विघटनको खुलेर विरोध गरिरहेका छन् । विस २०६९ सालमा तत्कालिन प्रधानमन्त्री डा भट्टराईको पालामा भएको संसद विघटनको कुरालाई अहिलेको विघटनसँग जोडेको भन्दै आपत्ती जनाएका छन् । २०६९ जेठ १४ गते तत्कालिन प्रधानमन्त्री भट्टराईले संविधान सभाको म्याद नथपेका कारण संसद भंग भएको थियो । त्यसबेला हालका प्रधानमन्त्री ओलीले संसद भंग भएपछि प्रधानमन्त्री काम चलाउ हुने र चुनावमा लागेपछि संविधान र बजेटमा नभएका कुरा लागू गर्न नसक्ने बताएका थिए ।

यसै प्रशंगमा ट्वीट गर्दै डा भट्टराई लेख्छन्, “फेरि बाबुरामले पनि संविधानसभा बिघटन गर्याथ्यो रे ! हैन केही मान्छेले भ्रमको खेति गरेरै पेट पाल्ने कसम खाएका हुन् कि कुरै नबुझ्ने हुन्न ? नत्र किन तथ्यको छानवीन नगरेको वा अस्ति मात्र यही ठाउॅमा पोस्टिएको श्रीमान खिरारेको आदेश किन नपढेको रु अब त पढ र खण्डन गर !”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?