म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित

लण्डन । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित भएको छ । सिटीमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि एभर्टनविरुद्ध उसको खेल स्थगित भएको हो ।
बेलायती समय अनुसार राति ८ बजे एभरटनको मैदानमा हुने भनिएको खेल प्रिमियर लिगको बोर्ड मिटिङपछि स्थगित भएको हो ।

क्रिसमसका दिन गब्रियल जिसुस र कायल वाकरसहित दुई जना स्टाफमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । थप संक्रमित भेटिएपछि क्लबले आफ्नो प्रशिक्षण मैदानलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको क्लबले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?