२०७७, १४ पुष मंगलवार ०८:०१

आज काठमाडौंमा वर्षकै चिसो, न्यूनतम तापक्रम १.१ डिग्री


प्रकाशित मिति : २०७७, १४ पुष मंगलवार ०८:०१

काठमाडौं । काठमाडौं उपत्यकामा आज मंगलवार यो वर्षकै धेरै चिसो भएको छ । आज न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम धेरै घटेको मौसमविद्ले जनाएका छन् । आज अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तै अहिले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाको प्रक्षेपण छ।

प्रतिक्रिया दिनुहोस