पीएम कपमा समूह ‘बी’का खेल सुरु, आज दुई खेल हुने

लमही । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आज मंगलबारबाट समूह ‘बी’का खेलहरु सुरु हुँदैछन् । दाङको लमहीमा सञ्चालित प्रतियोगितामा आज समुह ‘बी’ अन्तर्गत दुई खेल हुनेछन् ।

पहिलो खेलमा सुदुरपश्चिम र गण्डकीले खेल्नेछन् । बिहान ९ बजे सुरु हुने खेलमा दुवै टिम सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
यस्तै, दिउँसो १ बजे हुने दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ विरुद्ध खेल्नेछ ।

समूह ‘बी’को विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन् । यसअघि समूह ‘ए’ बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?