सामूहिक भोज खाएर बौद्धमार्गीको दशैँ  टीका

  नुवाकोट, १६ असोज- दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दशैँ पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ ।साबिक शिखरबेसी गाविस–४, ७, ८ र ९ का चार सयभन्दा बढी तामाङ सामुदायका बासिन्दाले गुम्बाका प्रमुखसँग सामूहिक रुपमा दशैँ पर्व मनाउँदै टीका ग्रहण गरेका हुन् । परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको टाछी छोइलिङ गुम्बाका सदस्य एवं गुम्बा लामा तेञ्जिङ लामाले जानकारी दिनुभयो । दशैँ पर्वको समयमा घरमा आउन नसक्नेहरु पनि गुम्बामा टीका ग्रहण गर्न अनिवार्य उपस्थित हुने गरेका छन् । बौद्धमार्गीको बासोबास रहेको यस स्थानमा दशैँ पर्वको अवसरमा एकादशीको दिन सामूहिक रुपमा भोज खाएर दशैँ पर्व मनाउँदै टीका ग्रहण गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?