रअका प्रमुखलाई केपी ओलीले नेपाल बोलाएका हुन्ः प्रचण्ड

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले रअका प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री केपी ओलीले नै नेपाल बोलाएको बताएका छन् । प्रचण्डले आफूले बोलाएको पाहुनासँग ओलीले बालुवाटारमा रातको समयमा घण्टौ वार्ता गरेको पनि बताए । उनले ओली भारतपरस्त रहेको संकेत गरे ।

सोमबार राति एक टेलिभिजन अन्तर्वार्तामा उनले आगामी दिनमा काँग्रेससँग सहकार्य हुनसक्ने पनि बताए । विगतमा पनि काँग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य भएको भन्दै उनले आगामी दिनमा पनि सहकार्य हुनसक्ने बताए । उनले चुनावमा गएको खण्डमा काँग्रेस पहिलो पार्टी बन्न सक्ने तर बहुमत नहुने हुँदा आफूहरुसँग सहकार्य हुनसक्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?