काठमाडौँ– नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको टोलीले आज नेपालका ५ शिर्ष नेतासंग भेटवार्ता गरेका छन् ।
प्रतिनिधिमण्डलले आजै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन् ।
यस्तै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग पनि आजै भेटवार्ता भएको छ। सापकोटा निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हितका बिषयमा छलफल भएको छ । सभामुख सापकोटालाई उपमन्त्री क्वो ये चौले चिनियाँ नेशनल कांग्रेसका प्रमुखले पठाएको सन्देश हस्तान्तरण गर्दै आगामी दिनमा दुई देशको संसद्बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका थिए ।
सभामुख सापकोटाले दुई देशबीचको जनस्तरकोे सम्बन्धलाई बढावा दिन जनप्रतिनिधिमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आफ्नोतर्फबाट सदैव तयार रहेको बताएका थिए ।
आइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका नेता यैचोले सुरुमै शीतलनिवास पुगेर विद्या भण्डारीसँग कुराकानी गरेका थिए । त्यसपछि उनले आइतबार राति नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया