‘खड्ग प्रहार गरेर संविधानको हत्या गर्न पाइँदैन’- नेता केसी

नुवाकोट– नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदिशश्वर नरसिंह केसीले वैशाखमा घोषित चुनाव हुनेमा शंका व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले चैाघडा बजारमा र क्षेत्र नं :२ ले बिदुरमा सोमवार आयोजित कार्यक्रममा सभापति केसीले वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गर्दै चुनाव हुन नसके प्रधानमन्त्री  ओलीलाई जनताले सडकमा ल्याएर पछार्ने बताएका हुन् ।

‘केपी ओलीजी वैशाखमा चुनाव त घोषणा गर्यो । चुनाव गर्न सक्छौं कि सक्दैनौं । चुनाव नगर्ने षड्यन्त्र गरेर दुई/तीन वर्ष सत्ता शासन सत्ता हातमा लिने नियत हो भने वैशाखसम्म कांग्रेस चुनावको लागि पर्खौला । जब चुनाव हुन सक्दैन । नेपाली जनताले तिमीलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छ । त्यो दिन टाढा छैन,’ उनले भने ।

नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे । ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कु गरेको नेता केसीको भनाइ थियो ।

ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले भने, ‘ओलीजी यो देशलाई कुन ठाउँमा लैजान चाहन्छौ ? नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ । नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ ?’

अलोकतान्त्रिक कदमको विरुद्धमा कांग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने उनले बताए । ‘केपी शर्मा ओलीले उनको खड्ग उनका पार्टीका नेता कार्यकर्तालाई प्रयोग गरुन् हामीलाई टाउको दुखाइको विषय भएन । तर नेपालको संविधानमा त्यो खड्ग प्रयोग गर्न पाइँदैन । त्यो खड्ग प्रहार गरेर संविधान हत्या गर्न पाइँदैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?