उखु किसानको सबै पैसा २१ दिनभित्र चुक्ता गर्ने सहमति

काठमाडौँ- भुक्तानी माग गर्दै आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ। सोमबार उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू र किसानहरूबीच चार बुँदे सहमति भएको हो ।

मन्त्रालयका प्रवक्ता तथा नारायणप्रसाद रेग्मीका अनुसार सहमति भएसँगै मंगलबारदेखि धर्ना र आन्दोलन पनि रोकिएको छ। भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबका २१ दिनभित्र किसानको सबै पैसा दिने सहमति भएको हो। यदि भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ।

उखु किसानहरू गत मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलनरत थिए। यस अघि गत वर्ष पनि उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए। त्यति बेला उद्योगीहरूले पैसा चुक्ता गर्ने सहमति गरे पनि पैसा नदिएपछि फेरि यस पटक काठमाडौँ आएर आन्दोलन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?