काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न छिमेकी देश चीनबाट आएको टोलीले नेकपा (प्रचण्ड नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाललाई भेटर प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेर जान आग्रह गरेके छ ।
नेपालमा राजनीतिक संकट गहिरिँदै गएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा हिजो(आइतवार) चार सदस्यीय टोली नेपाल आएको थियो ।
उक्त टोलीले आज (सोमवार) बिहान दाहाल निवास खुमलटारमा पुगेर सम्भव भएसम्म प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्नको लागि सहल्लाह दिएको हो । उक्त टोलीले हिजो नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया