‘ओलीले कलंकको टिका लगाए, हामीलाई हिरो बनाईदिए’ (भिडियो)

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानमाथि गरेको प्रहार सैह्य नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन्। संविधानमा हुँदै नभएको व्यवस्थालाई ल्याएर संविधानमाथि, जनता र सिंगो संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार आफूहरुलाई सैह्य नहुने बताए ।

“केपी ओलीले जुन ढंगले निर्मम रुपमा प्रहार संविधानमाथि, लोकतन्त्रमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि, देशका सबै उत्पीडित वर्ग जाती, लिंग क्षेत्रका समुदायका पहिचान समावेशीता र समावेशी लोकतन्त्रमाथिको हक अधिकारमाथि जुन प्रहार गरेका छन् त्यो सैह्य हुन सक्दैन ।” कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने । त्यस्तै पार्टीभित्र संघर्ष चलेको तर त्यसलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म जान नहुने बताएका छन् ।

“पार्टी भित्र अन्तरसंघर्ष चलेको चाँही हो । त्यहाँ सहि र गलतको बीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधान अनुसार चल्नुपर्छ भन्ने हो । तर व्यक्तिवादी तरिकाले गुटबादी तरिकाले पार्टी चलेकै हो । तर त्यो पार्टीभित्रकै संघर्ष थियो । त्यो पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हठसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो । तर मैले के भन्ने गरेको छु भने केपी ओली चाँही पराजित हुनुभो इतिहासबाट । उहाँ कलंकित हुनभो, उहाँले कलंकको टिका लगाउनु भयो । हाम्रो फेरी एकपटक विजय अभियानको शुरुवात भयो ।” उनले भने ।

त्यस्तै आफूहरु सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेको बताएका छन् । संविधानले दिँदै नदिएको कुरा प्रहार गरेर संसद विघटन भएको भन्दै सदन जिवित नै रहेको प्रचण्डले दाबी गरे।

भिडियो 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?