श्रेष्ठलाई पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग

RSS
0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रलाई आधुनिकतासँग जोड्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ (तत्कालीन सङ्घ)का संस्थापक सत्यनारायणबहादुर श्रेष्ठको १०५ औँ स्मृतिका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा यहाँ आज (सोमवार) आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाली पत्रकारिता क्षेत्रलाई आजको युग सुहाउँदो बनाउनुपर्ने बताएका छन् ।

मन्त्री गुरुङले २००८ सालमै महासङ्घको स्थापना गरेर श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए । सरकारका प्रवक्ता गुरुङले महासङ्घ लगायत सरोकार निकायसँग छलफल गरेर महासङ्घका संस्थापक अध्यक्षबारे आवश्यक निर्णय लिइने जवाफ दिए । पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष सुरवीर बज्राचार्यले श्रेष्ठलाई नै महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । उपाध्यक्ष दिलीप थापा मगरले श्रेष्ठ महासङ्घका संस्थापक अध्यक्ष थिए भन्ने प्रमाण आफ्नो संस्थाले नै खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?