साधारण सभा : ६ दर्जन भन्दा बढी कम्पनीहरु पाइपलाइनमा

काठमाडौं । यतिबेला विभिन्न कम्पनीहरुले धमाधम साधारण सभा गरिरहेका छन् ।

पुस मसान्तभित्रै अधिकांश कम्पनीहरुले आफ्नो साधारण सभा गर्ने तयारी गरेका छन् । सूचीकृत कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । सोही कारण पनि यतिबेला बैंक तथा वित्तीय संस्था,बीमा कम्पनी,तथा अन्य विभिन्न कम्पनीहरुले साधारणसभाका लागि चटारो गरेका हुन् । पुस मसान्तभित्र मात्रै विभिन्न छ दर्जन कम्पनीहरुले साधारण सभा डाकेका छन् । धेरै कम्पनीहरुले आफ्नो साधारण सभा पुस २९ गते डाकेका छन् ।

यस दिन लगभग तीन दर्जन कम्पनीले साधारणसभा आह्वान गरेका छन् । साधारणसभा गर्न अधिकांश संस्थाहरुले बुक क्लोजको मिति समेत तय गरिसकेका छन् ।

साधारणसभा गर्ने समय यहि पुस महिनामा सकिन लागेकाले साधारणसभा गर्न बाँकी रहेका कम्पनीहरुले साधारणसभा गर्न चटारो गरेका हुन् ।

कम्पनीहरुले समय सकिन लाग्दा साधारणसभा डाकेका छन् । यस्तो अवस्थामा लगानीकर्ताहरुमा भने अन्योल देखिएको छ ।

यी हुन् साधारणसभा गर्न बाँकी कम्पनीहरु

समता लघुवित्त वित्तीय संस्था ,रसुवागढी हाईड्रोपावर ,यूनाइटेड मोदी हाईड्रो, बोटलर्स नेपाल तराइ,सिनर्जी पावर डेभलपमेन्ट,सानिमा माइ हाईड्रो, हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट,लक्ष्मी लघुवित्त वित्तीय संस्था,सेञ्चुरी बैंक,मेगा बैंक,चन्द्रागिरी हिल्स,शाइन रेसुंगा डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (बालाजु) सनराइज बैंक,स्टयाण्डर्ड चार्टर्ड बैंक, समाज लघुवित्त वित्तीय संस्था,लुम्बिनी विकास बैंक,बरुण हाईड्रोपावर,प्रभु बैंक नेपाल बंगलादेश बैंक,छ्याबदी हाईड्रोपावर,एभरेष्ट बैंक हिमालयन बैंक,मितेरी डेभलपमेन्ट बैंक,माउन्टेन इनर्जी रहेका छन् । त्यस्तै,माउन्टेन हाईड्रो नेपाल,समृद्धि फाइनान्स,एनएमबी लघुवित्त वित्तीय संस्था,प्राइम लाइफ इन्स्योरेन्स,सिडिएस एण्ड क्लियरिब,बुटवल पावर कम्पनी,आरएसडिसी लघुवित्त महिला लघुवित्त वित्तीय संस्था,सान्जेन जलविद्युत कम्पनी लगायतले पनि यहि पुसभित्र साधारण सभा गर्दै छन् ।

त्यस्तै,आशा लघुवित्त वित्तीय संस्था,मुक्तिनाथ विकास बैंक लक्ष्मी बैंक,मेरो माइक्रोफाइनान्स लघुवित्त,गुहेश्वरी मर्चेन्ड बैंकिब एण्ड फाइनान्स,साना किसान लघुवित्त वित्तीय संस्था पुस,नेपाल एसबीआई बैंक पुस,वोमी लघुवित्त वित्तीय संस्था,बादी ग्रुप पावर कम्पनी लगायतका कम्पनीहरुले पनि साधारणसभा गर्दैछन् । त्यस्तै,आरबीबी मर्चेन्ट बैंक एनएमबी क्यापिटल,साधना लघुवित्त,स्पर्स लघुवित्त,गुँरास लघुवित्त संस्थाहरुले पनि यसै महिनामा साधारण सभा डाकेका छन् ।

त्यस्तै,साधारणसभा गर्न लागेका संस्थाहरुमा घोडाघोडी लघुवित्त,नेपाल पुनर्बीमा कम्पनी,ग्लोबल आइएमई लघुवित्त,हिमालयन पावर पार्टनर,विजय लघुवित्त, मञ्जु श्री फाइनान्स लगायतका कम्पनीहरु रहेका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?