यस्तो छ काठमाडौं उपत्यकामा कोरोना महामारीको हालसम्मको सम्पूर्ण विवरण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २७८ जनालाई कोरोना संक्रमण भएको छ ।

जसमध्ये १११ जना महिला र १६७ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्लामा मात्रै २ हजार ८२३ सक्रिय केस रहेका छन् भने ९३ हजार १७२ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ४६६ जनाको मृत्यु भएको छ भने ९६ हजार ४६१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भक्तपुरमा १५४ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ८ हजार ५५१ जना निको भएका छन् । त्यस्तै हालसम्म ९८ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ८०३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ललितपुरमा ३८९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै १४ हजार ५८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १४५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १५ हजार ११७ जनालाई कोरोना संक्रमण भएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८३२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख १५ हजार २३२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?