कोहली बने आईसीसी क्रिकेट अफ द डेकेड, धोनीलाई स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं । इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले सोमवार क्रिकेट अवार्ड्सका विजेताहरुको नाम घोषणा गरेको छ ।

भारतीय कप्तान विराट कोहली सर गारफील्ड सोबर्स मेल क्रिकेटर अफ दी डेकेड (२०११ २०२०) र वनडे प्लेयर अफ दी डकेड अवार्डबाट सम्मानित भएका छन् भने भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी स्पिरिट अफ क्रिकेट अवार्ड अफ दी डेकेडबाट सम्मानित भएका छन् ।

कोहलीले २०११ देखि २०२० सम्म टेस्ट, वनडे र टी २० इन्टरनेशनलमा २० हजार ३९६ रन बनाएका छन् ।

यसमा उनले ६६ शतक र ९४ अर्धशतक प्रहार गरेका छन् । उनी २०११ मा विश्वकप जित्ने भारतीय टीममा पनि सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?