नेपालमा कोरोना : आज ७ जनाको मृत्यु, थपिए ६५९ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८३२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख १५ हजार २३२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?