अहिलेसम्म कति वटा देशमा फैलियो कोरोनाको नयाँ प्रकार ?

काठमाडौं । विश्वमा कोरोना भाइरसको नयाँ र धेरै खतरनाक रुप आइसकेको छ ।

केहि देशहरुमा कोरोनाका फरक र धेरै संक्रामक रुप देखिएको छछ । यो नयाँ रुपलाई वैज्ञानिक भाषामा स्ट्रेन भनिन्छ । कोरोना भाइरसको यो नयाँ स्ट्रेन ७० प्रतिशत धेरै संक्रामक रहेको छ ।

यसका कारण अहिले सारा विश्व चिन्तित बनेको छ । केहि देशहरुले फेरि लकडाउन गनृ थालेका छन् । बेलायतमा यो नयाँ प्रकारको कोरोना भाइरस सबेभन्दा पहिला देखिएको थियो ।

त्यसपछि नयाँ स्ट्रेन अनियन्त्रित भएर स्विडेन, फ्रान्स, स्पेन, स्विट्जरल्याण्ड, डेनमार्क, नेदरल्याण्ड्स, जर्मनी, इटाली, क्यानडा, जापान, लेबनान, सिंगापुर र अष्ट्रेलियामा नयाँ स्ट्रेनको कोरोना पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?