अवैध सुनसहित विमानस्थलबाट २ जना पक्राउ, ८ लाख ७७ हजार बरामद

काठमाडौं । विदेशबाट भन्सार छली गरी ल्याइएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा नुवाकोट शिवपुरी गाउँपालिका-४ का ४० वर्षीय प्रलाद थापा र धादिङ ज्वालामुखी गाउँपालिका- ३ का ४२ वर्षीय अर्जुन प्रसाद थपलिया रहेका छन् । उनीहरुको साथबाट स्रोत नखुलेको ८ लाख ७७ हजार समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ्ग एरियामा विदेशबाट आएका यात्रुहरुले ल्याएको ५० ग्राम तौल भएको १ थान सुनको बालासहित ४ लाख ३७ हजारसहित थापा र सोही परिणामको सुनसहित स्रोत नखुलेको ४ लाख ४० हजार नगदसहित थपलियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवैलाई बरामद सुनको बाला र नेपाली रुपैयाँसहित राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?