२०७७, १३ पुष सोमवार १५:०७

१ किलो यार्सागुम्बासहित विमानमा सवार हुन लागेका व्यक्ति प्रहरीको फन्दामा


प्रकाशित मिति : २०७७, १३ पुष सोमवार १५:०७

काठमाडौं । बझाङमा १ किलो यार्सागुम्बा सहित एक जना पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका-९ देवलस्थित बझाङ नागरिक उडड्यन कार्यालयको यात्रु जाँच
कोठामा विना इजाजत ल्याएको वन पैदावार १ किलो ७०५ ग्राम यार्सागुम्बा सहित हुम्ला नाम्खा गाउँपालिका-२ बस्ने ४३ वर्षीय छिटुप तामाङलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बझाङबाट नेपालगंजको लागि उडान हुने समिट एयरको हवाई जहाजमा सवार हुन लागेका तामाङलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बझाङमा पठाइएकोमा यार्सागुम्बाको ओसारपसार गरेको कसूरको सिलसिलामा हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएकोले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस