करिब रु २४ करोड सामाजिक सुरक्षा भत्ता वितरण

 दमौली, १६ असोज – तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो रकम भत्ता वितरण गरिएको हो । तीन हजार चार ज्येष्ठ नागरिक (दलित), आठ हजार ९०८ ज्येष्ठ नागरिक, ६ हजार ७०८ एकल विधवा, ३४३ पूर्ण अपाङ्ग, दुई हजार ८११ विपन्न दलितलाई भत्ता र ७० वर्ष नाघेका ११ हजार ६७० जनालाई उपचार खर्चका लागि सो रकम भत्ता वितरण गरिएको जिल्ला समन्वय समितिका पञ्जीकरण शाखाका खरिदार एकबहादुर राना मगरले बताउनुभयो ।बैकिङ प्रणालीबाट भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको बताइएको छ । अघिल्लो आवमा पनि तनहुँमा सोही हाराहारीमा भत्ता वितरण गरिएको थियो । भत्ता रकमले आफ्नो जीविकोपार्जनमा सहयोग पुगेको ज्येष्ठ नागरिकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?