चक्कु प्रहार गरी श्रीमानको हत्या, प्रहरी चौकी पुगेर श्रीमतीले दिईन् यस्तो बयान

काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमाती पक्राउ परेकी छिन् ।

आफ्नै ३४ वर्षीय श्रीमान चित्र बहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गर्ने मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

डल्लीले चक्कु प्रहार गरी श्रीमानलाई मारेको छु भनि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा स्वंयम उपस्थित भई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?