संसद विघटनविरुद्ध सडकमा निस्कियो कांग्रेस (फोटोहरु हेर्नुहोस्)

काठमाडौं । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार(आज) देशभर विरोध प्रदर्शन गरेको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै कांग्रेसले आन्दोलनमा जाने घोषणा गरेको थियो ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा आन्दोलनको घोषणा गरेको कांग्रेसले सबै नेताहरुलाई आ(आफ्नो निर्वाचन क्षेत्रमा जानको लागि निर्देशन दिएको थियो ।

यसैक्रममा काठमाडौं कांग्रेसले १० वटै निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेको थियो ।

नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि, कोटेश्वर चोक, जोरपाटी चोक, नारायणचौर नक्साल
, महाराजगन्ज, नारायणगोपाल चोक, मनमैजु, लोकतान्त्रिक चोक, बालाजु चोक, बसन्तपुर डबली
,कलंकी चोक, कीर्तिपुर बजार लगायतका ठाउँहरुमा आन्दोलन गर्ने घोषणा गरेको थियो ।

यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८( बसन्तपुर डबलीमा भएको आन्दोलनलाई कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सम्बोधन गरेका छन् ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?