गाउँगाउँमा सिंहदरबार पुर्‍याउँछु भन्नेले नै गाउँगाउँ भ्रष्ट्राचार पुर्‍याए : अर्जुननरसिंह केसी

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले गाउँगाउँमा भ्रष्ट्राचार पुर्‍याएको आरोप लगाएका छन् ।

संसद विघटनविरुद्ध कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न नुवाकोटको विदुर पुगेका नेता केसीले त्यस्तो बताएका हुन् । चुनावका बेला वर्तमान ओली सरकारले गाउँगाउँ सिंहदरबार पुर्‍याउँछु भन्दै चुनाव जितेको र सरकार बनाएपछि गाउँगाउँ भ्रष्ट्राचार पुर्‍याएको आरोप लगाएका हुन् ।

“चुनावका बेला गाउँगाउँमा सिंहदरबार पुर्याउँछु भनेर भाषण गर्नेहरुले गाउँगाउँमा सिंहदरबार होइन भ्रष्ट्राचार पुर्याएका छन् । र गाउँगाउँ भ्रष्ट्राचारले डुबेको छ ।” नेता केसीले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

त्यस्तै नेपालमा कांग्रेस कमजोर भएका बेला नेपाली जनताको हक अधिकार खोसिने गरेको टिप्पणी गरेका छन् । नेता केसीले भने, “जुनजुन बेला नेपालमा नेपाली कांग्रेस कमजोर भएको छ त्यहि त्यहि बेला नेपालमा नेपाली जनताहरुको हक र अधिकारहरु खोसिएका छन् । नेपाली जनताका प्रजातान्त्रिक हक र अधिकारमाथि कुठाराघात भएका छन् ।”

कांग्रेसले नेपालको प्रजातन्त्र रक्षाका लागि धेरैपटक संघर्ष गरेको इतिहास कोट्याउँदै नेता केसीले फेरि एकपटक प्रजातन्त्र रक्षाका लागि कांग्रेसले आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै गाउँगाउँमा भएका भ्रष्ट्रचारहरुको उन्मुलनको लागि गाउँगाउँबाट युवाहरुले नेतृत्व गर्नुपर्नेमा समेत नेता केसीले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?