धन्नी बन्ने भन्दै ११ वर्षीय बालकको बली : नाक, कान काटिएको अवस्थामा शव फेला

काठमाडौं । भारतको अलवरस्थित नावली गाउँमा अन्धविश्वासका कारण ११ वर्षका बालकलाई बलि दिइएको छ ।

बालकको शव आईतवार विभत्सरुपमा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको नाक, कान काटिएको अवस्थामा शव भेटिएको थियो । आँखामा गाजल लगाइएको थियो ।

पिता रघुवीर बैरवाले पुलिससँग गाउँमा ढोंगी बाबा कालू बैरवासमेत अन्य मानिसविरुद्ध केस दर्ता गराएका छन् ।धनी बन्नका लागि ढोंगी बाबाहरु मिलेर बालकको बली चढाइएको हुनसक्ने स्थानीयले बताएका छन् ।

बालक शनिवार घरबाट बेपत्ता भएका थिए ।

भोलिपल्ट बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।

अहिले घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?