कर्णाली प्रादेशिक फुटबल संघको अध्यक्षमा प्रमोद हमाल

काठमाडौं । कर्णाली प्रादेशिक फुटबल संघको अध्यक्षमा प्रमोद हमाल निर्विरोध निर्वाचित भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमवार गठन गरेको प्रदेशको तदर्थ कमिटिमा हमाल सहित ७ सदस्यीय कमिटि निर्विरोध निर्वाचित भएको हो ।

हमालको अध्यक्षमा चयन भएको कमिटिमा जुल्लाका भरत खत्री उपाध्यक्ष चुनिएका छन् । यस्तै, महासचिवमा गणेशकुमार कार्की, कोषाध्यक्षमा अजय बुढा थापा र सदस्यहरुमा कृष्ण खड्का, महेन्द्र चोधरी, खगेश्वर आचार्य रहेका छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?