दुनियाँलाई फिदा बनाएकी कट्रिना कैफ बिहान के गर्छिन् ? फिटनेश ट्रेनरले गरे खुलाशा

काठमाडौं – दुनियाँलाई फिदा बनाएकी बलिउड अभिनेत्री कट्रिना कैफ उमेर बढ्दै जाँदा झन् सुन्दर र आकर्षक देखिन्छिन् । अभिनेत्री कैफले आफ्नो अभिनय र छरितो शारीरिक बनावटले दर्शकको मन अझै बढी लोभ्याएकी छिन् । ३७ वर्ष नाघेतापनि भर्खरका टिनएजर्सलाई साथ खुवाउने सुन्दरता उनीसँग छ । त्यसैले धेरैलाई चासो छ – उनको यो सुन्दरताको रहस्य के हो ? यसैबीच उनका फिटनेश ट्रेनरले एक रहस्य खोल्दै यी सुन्दरीको बिहानको ‘सेड्युल’ बताएका छन् ।

उनका फिटनेस ट्रेनर यास्मीन कराचीवालाले कट्रिनाको फिटनेसको राज सार्वजनिक गर्दै भनिन्, ‘कटरिना निकै चासो र आफ्नो कामप्रति दिलचस्पी राख्ने राख्ने मानिस हुन् । उनीसँग काम गर्न राम्रो लाग्छ । जब उनी जिम जान्छिन् तब नयाँ वर्कआउट गर्न मन पराउँछिन् ।’

हरेक फिल्मको काम गर्नु अघि कटरिनाले आफ्नो फिटनेस र नयाँ तालिकाबारे ट्रेनर यास्मीनसँग सल्लाह समेत गर्ने गरेको उनले खुलासा गरिन् ।

उनी आफ्नो फिटनेशलाई लिएर सधै सर्तक रहने गर्छिन् । उनी वर्कआउटका लागि नियमित रुपमा जिम गर्छिन् । साथै, आहारमा पनि विशेष ध्यान दिन्छिन् । त्यसबाहेक, पनि यस्ता धेरै कुरा छन्, जसले उनलाई सधैभरी फिट एण्ड फाइन राख्न मद्दत गर्छ ।

कट्रिनाको वर्कआउट प्लान : 
यास्मीनका अनुसार कट्रिनाको फिटनेस लिस्टमा पिलेट्स, पावरलिफ्टिङ्ग, कार्डियो लगायत कयौँ प्रकारका फङ्शनल ट्रेनिङ समावेश गरिएका छन् ।

कट्रिनाका अनुसार यी एक्सरसाइजले उनलाई फिट राख्नुका साथै मनलाई शान्त राख्न मद्दत गर्छ । यसबाहेक, उनी कोर तथा एप्सको पनि एक्सरसाइज गर्छिन् , जसमा जिमिङ्ग, जगिङ्ग, आईएसओ पाक्र्स तथा तैरिने एक्सरसाइज पनि सामेल छन् ।

रेजिस्टेन्ट व्याण्ड पनि उनको वर्कआउटमा पर्दछ यो व्यायाम पूरा शरीरको लागि फाइदाजनक छ । यसमा ‘पुसअप’, ‘रिचिंग’ ‘रियर रो’, ‘ट्राइसेप्स – रो’ लगायतका ‘एक्सरसाइज’ समावेश छन् ।

वर्कआउटका क्रममा के लिन्छिन् ?
कट्रिनाको वर्कआउट प्लानमा जिम, वेट ट्रेनिङ तथा व्यायाम समावेश छन् । यसबाहेक, वर्क आउटका गर्दा उनी झोलिलो पर्दाथ  (लिक्विड डाइट) बढी सेवन गर्छिन्, जसले उनलाई फ्रेस रहन सहयोग गर्छ । यसबाहेक, जिम जानु पहिले वा जिम जाने क्रममा उनी स्वस्थकर नास्ता गर्छिन् । जसमा केक, प्रोटिन लगायतका खानेकुरा समावेश हुने गर्छन् ।

कट्रिना सातामा कम्तीमा दुई पटक स्विमिङ्ग गर्न रुचाउँछिन् । यदी उनी सुटिङ्गमै व्यस्त छिन् भने पनि उनी समय निकालेरै भएपनि सातामा तीन पटकसम्म स्विमिङ्ग गर्छिन् । ‘स्विमिङ्ग’ गर्नु उनको सोख पनि हो ।

नियमित जगिङ्ग विहान उठ्ने वित्तिकै कट्रिना नियमित रुपमा जगिङ्गको लागि जान्छिन् । उनी भन्छिन् – विहान जति सकिन्छ, हिड्नुपर्छ ।

उनी शारीरीक मात्र हैन, मानसिक रुपमा फिट रहनका लागि योगा पनि गर्छिन् ।

उनी क्रंचेस पनि गर्छिन् । यो अभ्यास एक्सरसाइज पेटको माथिल्लो भागलाई मजबुती प्रदान गर्नका लागि गरिन्छ ।

कट्रिनाका अनुसार उनी फिटनेशको साथ साथै खानपानमा पनि विशेष ध्यान दिन्छिन् ।

उनको भनाई छ, ‘मानिसलाई जहिले पनि शरीरको आवश्यकताको आधारमा आहार लिनु पर्छ । कट्रिना आफ्नो ब्रेकफास्टमा ओट्स र फ्रेस जुस खान्छिन् । दिउँसोको खानामा सलाद, चामलका साथमा फलफूल खान्छिन् ।

katrina kaif

कट्रिना आफूलाई फिट एवं स्वस्थ राख्न भिटामिन तथा खनिजले भरिपूर्ण खानेकुराको राम्ररी उपयोग गर्छिन् । उनी भिटामिनयुक्त तथा कम कार्वोहाइड्रेट युक्त भोजन जस्तै, सलाद, सूप, दही, माछा, रोटी तथा ग्रिल गरिएको हरियो सागसब्जी सेवन गर्छिन् भने राती पनि हल्का खानेकुरा खान्छिन् । यसबाहेक, उनको नास्ता लो सुगर र डार्क चकलेटको प्रयोग गरी बनाइन्छ ।

प्रत्येक दुई घण्टामा उसिनेको सागसब्जी : 

आफूलाई फिट राख्न उनी प्रत्येक दुई घण्टाको अन्तरालमा ताजा तथा उमोलेको सागसब्जीको सेवन गर्छिन् – जसमा बोसोको मात्रा निकै कम हुन्छ । उनी खानामा अकाई बेरी तथा ब्हीट ग्रास पाउडर जस्ता सप्लीमेन्टको पनि सेवन गर्छिन् ।

तारेको तथा गुलियो खानेकुरा खाँदिनन्

गुलियो खानेकुराबाट सकेसम्म टाढै रहन्छिन् ।

Katrina Kaif invests in beauty - INDIA New England News

स्न्याक्समा पनि पनि उनी ताजा फलफूल तथा ड्राई फ्रूट्स सेवन गर्छिन् । उनको खानामा प्राय प्रोटिन तथा फाइबर समावेश हुने गर्छ । रातको समयमा उनी दाल र सागसब्जी खाने गर्छिन् ।

एककप ग्रिन टी पनि कट्रिना आफूलाई फिट राख्न एक कप ग्रिन टीको साथमा पर्याप्त मात्रामा पानीको सेवन गर्छिन् । उनी आफूलाई डिहाईड्रेट राख्न पनि पर्याप्त मात्रामा पानीको सेवन गर्छिन् । उनी बेलाबेलामा जुस पनि पिउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?