फोटो शेयर गर्दै आदित्यले लेखे-‘हनीमूनपछि केटो धेरै नै चम्किरहेको छ’

काठमाडौं । गायक आदित्य नारायण इण्डियन आइडलको सेटमा फर्किएका छन् । उनी श्रीमती श्वेता अग्रवालसँग कश्मीरमा हनीमून मनाउन गएका थिए ।

उनले सेटको एक फोटो शेयर गर्दै एक स्टाटस सोसल मिडियामा पोस्ट गरेका छन् ।

साथै उनले फोटो क्याप्शनमा लेखेका छन्, ‘हनीमूनपछि केटो अलिक धेरै ने चम्किरहेको छ, आज रातीको इण्डियन आइडल हेर्नुहोस् ।’ उनले आफ्नो लुकको क्रेडिट श्रीमती श्वेतालाई दिएका छन् ।आदित्य र श्वेता करिव एक दशक यता रिलेशनशीपमा छन् ।

उनीहरुले १ डिसेम्बरमा मुम्बईको इस्कन मन्दिरमा विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?