काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९०० बिलियन डलरको कोरोना राहत कोषमा हस्ताक्षर गरेका छन् ।
हिजो मात्रै अमेरिकी संसदबाट यो रकम स्विकृत भएको थियो । यो रकमबाट कोरोनाले प्रभावित बनेका उद्योगलाई बढावा दिइने र जागिर गुमाएका मानिसलाई सहयोग गरिने बताइएको छ ।
अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ३ लाख ४१ हजार १३८ जनाको मृत्यु भएको छ भने १ करोड ९५ लाख ७३ हजार ८४७ जनालाई कोरोना संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया