बेलायतमा लकडाउन गर्न वैज्ञानिकको माग

काठमाडौं । बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएपछि त्यहाँको स्थिती गम्भीर बनेको छ । त्यहाँ अहिले गैर जरुरी पसल, मनोरञ्जनका साधनहरु पूर्णरुपमा बन्द छन् ।

कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएपछि बेलायतबाट यात्रा गर्नेहरुलाई ४० भन्दा धेरै देशहरुले प्रतिबन्ध लगाएका छन् । साथै बेलायतबाट पनि यात्रामा प्रतिबन्ध लगाउन माग गरिरहिएको छ ।

यसैबीच बेलायतका वैज्ञानिकहरुले सरकारसँग देशमा लकडाउन लगाउन आवश्यक रहेको माग गरेका छन् ।

कोरोनाको नयाँ स्ट्रेन चाँडै धेरै मानिसमा फैलिन सक्ने भएकोले तत्कालका लागि लकडाउन गर्नुपर्ने वैज्ञानिकको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?