विवाहको दुई दिनपछि गौहर खान र उनका एक्स ब्वाईफ्रेण्ड एउटै विमानमा

काठमाडौं । २५ डिसेम्बरमा जैद दरबारसँग विवाह गरेकी गौहर खान आईतवार एयरपोर्टमा देखिइन् । दुई दिन पहिला विवाह गरेकी उनलाई एयरपोर्टमा देख्दा सबै अचम्मित बने ।

उनले विवाहलगत्तै आफ्नो काममा फोकस गरेकी छन् । यसमा श्रीमान जैदले पनि साथ दिइरहेका छन् । गौहर लखनउमा शूटिङका लागि गएकी हुन् । जैद उनलाई छोड्न एयरपोर्टसम्म पुगेका थिए ।

यसैबीच गौहर रहेकै फ्लाइट्समा उनका एक्स ब्वाईफ्रेण्ड रहेको पत्ता लागेपछि समाचार भाइरल बनेको हो ।

एक्स ब्वाईफ्रेण्ड कुशल टण्डन आफ्नो होम टाउनको एक शूटका लागि गइरहेको बताइएको छ । कुशलले एक भिडियो शेयर गरेर यसको जानकारी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?