२०७७, १३ पुष सोमवार ११:३१

अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी


प्रकाशित मिति : २०७७, १३ पुष सोमवार ११:३१

काठमाडौं । अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ । बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज (सोमवार) विहान आगजनी भएको भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सूर्यनाथकै ग १ ख २४७२ को बेँसीशहर नारायणगढ चल्ने माइक्रोबसमा समेत आगजनीले सामान्य क्षति पुर्‍याएको जानकारी दिए । मोटरसाइल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस