सुन किन्दै हुनुहुन्छ ? जान्नुहोस् आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सयले बृद्धि भएको छ ।

साताको शुरुको दिन आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार २ सय रहेको थियो । त्यस्तै आज मूल्य बृद्धि भइ प्रतितोला छापावाला सुन ९४ हजार ९ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ४ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा प्रतितोला १३ सय १५ कायम भइ कारोबार भइरहेको छ । त्यस्तै आइतवार (हिजो) प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ८० रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?