उपचारका लागि बिमल घर्ति मगर र बिक्रम लामा कतार जाने

काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडी बिक्रम लामा र बिमल घर्ति मगरको उपचार कतारमा हुने भएको छ । खेल खेल्ने क्रममा चोट बोकेका दुवै खेलाडी अहिले मैदान बाहिर छन् ।

उनीहरु दुवैले उचारका लागि कतारको खेलकुद अस्पतालमा व्यवस्था मिलाउन एन्फासँग अनुरोध गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघबीच भएको सम्झौता अनुसार दुई खेलाडीको चोटको उपचार कतारमा हुने टुङ्गो लागेको हो ।

आईतवार साँझ दुवै खेलाडीको भिषा आएको छ । बिक्रम दुई वर्ष अघि भाँचिएको खुट्टाको पुन चेकजाँचका लागि कतार जान लागेका हुन् । बंगलादेशसँगको पछिल्लो मैत्रीपूर्ण खेलमा समेत उनले चोट बोकेका थिए ।

बिमल भने केही साता अघि मात्र अभ्यासको क्रममा घाईते भएका थिए । उनले दायाँ घुडामा गम्भिर चोट लागेको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार एक हप्ता भित्र दुवै खेलाडी कतार उड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?