भेटघाटका लागि चिनियाँ उपमन्त्रीसहितको टोली प्रचण्ड निवास खुमलटारमा

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ टोली र (प्रचण्ड-माधव नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटघाट भएको छ ।

सोमवार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउसहितको टोली भेटघाटका लागि प्रचण्ड निवास खुमलटारमा पुगेको स्रोतले जनाएको छ ।

नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेका बेला उपमन्त्रीसहितको टोली आइतवार नेपाल आएका थिए । पार्टी विवाद उत्कर्षमा पुगी विभाजनको अवस्थामा पुगेका बेला चिनियाँ टोली नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आइतवार दिउँसो नेपाल आइपुगेको टोलीले उच्चस्तरीय राजनीतिक भेटघाट गरिरहेको छ । त्यस्तै आज नै प्रचण्ड नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपाललाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

नेपालस्थित चिनियाँ राजदूतावासले मिलाएको भेटवार्ता अनुसार आईतवार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट चिनियाँ टोलीसँग भेटघाट गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?