‘धोका’ दिएको भन्दै नवनियुक्त मन्त्री तामाङलाई प्रचण्ड-नेपाल पक्षले गर्‍यो कारवाही

काठमाडौं – नवनियुक्त यूवा तथा खेलकुदमन्त्री दावा तामाङलाई प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले कारवाही गरेको जनाएको छ।

प्रेस वक्तव्यमार्फत् नेकपा सिन्धुपाल्चोक जिल्ला सचिवसमेत रहेका मन्त्री तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद् मा गएको भन्दै प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले कारवाही गरेको हो ।

जिल्ला कमिटीले वक्तव्यमा असंवैधानिक कदम स्विकार गरी पार्टी आन्दोलन र जनताप्रति धोका दिएको आरोप तामाङमाथि लगाइएको छ ।

”असंवैधानिक सरकारको कथित मन्त्री पद स्विकार गरी आन्दोलन, पार्टी र जनताप्रति गम्भीर विश्वासघात र धोका दिँदै कमरेड दावा तामाङ प्रतिगामी कित्तामा पुग्नु भएको छ । त्यसैले नेपाल कम्युनिष्ट पार्टी नेकपाबीचमा रहेको सम्पूर्ण सम्बन्धहरुलाई स्वतभंग गर्नुभएको छ।”  विज्ञप्तिमा लेखिएको छ ।

मन्त्री तामाङका जुनसुकै कार्यक्रम बहिस्कार गर्नसमेत जिल्ला नेकपाले निर्देशन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?