स‌ंसद विघटनविरुद्ध कांग्रेसले सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ।

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा सदरमुकाममा कार्यक्रम हुनेछ। अन्य जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेसको तयारी छ।

काठमाडौंका हरेक निर्वाचन क्षेत्रमा दिउँसो १ बजे प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।

सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ, महामन्त्री डा शशांक कोइरालाले नवलपुर, प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर तथा गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?